NAIHS First Anniversary

Nepalese Army Institute of Health Sciences (NAIHS) celebrated its first anniversary on  24th May 2013. 

COAS General Gaurav SJB Rana visited the Nepalese Army Institute of Health Sciences (NAIHS) on the occasion of the First Anniversary of NAIHS. On the occasion, Executive Director of NAIHS, Brig Gen. Dr. Prakash Raj Pande presented the annual report of NAIHS as follows:

प्रमुख अतिथी प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ..रा.ज्यू

श्री त्रिभुवन विश्वविद्यालयका उप कुलपति प्राध्यापक डा. हिरा बहादुर महर्जनज्यू

नेपाल सरकारका विशिष्ट पदाधिकारीज्यूहरु,

पूर्व प्रधान सेनापति महारथी श्री छत्रमान सिंह गुरुङ्गज्यू

नेपाल मेडिकल काउन्सिलका अध्यक्षज्यू

चिकित्सा शास्त्र अध्ययन संस्थानका डिनज्यू

नेपाली सेनाका बलाधिकृतज्यू तथा बलाध्यक्षज्यू

अन्य सुरक्षा निकायका प्रमुखहरु

EDनेपाली सेनाका रथीवृन्द तथा अधिकृत वर्ग

आमन्त्रित विशिष्ट अतिथी महानुभावहरु,

संस्थान अन्तर्गत कार्यरत संकाय सदस्यहरु तथा कर्मचारीहरु

चिकित्सा शास्त्र महाविद्यालय नर्सिङ् महाविद्यालयका  विद्यार्थीहरु 

महिला तथा सज्जन वृन्द

सर्वप्रथम नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको प्रथम वार्षिक उत्सव समारोहमा अनेक व्यस्थताको बाबजुत समारोहको प्रमुख आतिथ्य स्वीकारी समय दिनु भएकोमा श्रीमान् प्रधान सेनापति महारथी श्री गौरव शम्शेर ..रा.ज्यू प्रति हार्दिक कृतज्ञता जाहेर गर्दछु

VCनेपाली सेना राष्ट्रको स्वास्थ्य क्षेत्रमा आरम्भ काल देखि नै संलग्न हुंदै आईरहेको नेपाली सेनाले प्राकृतिक विपत्तिको जुनसुकै समयमा पनि सर्वसाधारणलाई आवश्यक स्वास्थ्य सेवा पुर्याउदै आएको सर्वविदितै

 

नेपाली सेनाको राष्ट्रिय स्वास्थ्य सेवामा आफ्नो संलग्नता अझै सुदृढ गरि, समयको माग अनुसार अनुशासित, योग्य तथा निष्ठ स्वास्थ्य सेवा कर्मी उत्पादन गरि देशमा विद्यमान दक्ष स्वास्थ्य कर्मीको कमीलाई आंशिक रुपमा पूरा गर्ने उद्देश्य राखि, नेपाली सेना कल्याणकारी योजनाको पुंजी निवेशमा एउटा गैह्र नाफामुलक (Not for profit) संस्थानको रुपमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको स्थापना गरिएको हो

 

Principal-COMनेपाली सेनाको स्वास्थ्य सेवामा समयानुकुल आधुनिकिकरण तथा विरामी सेवाको स्तर वृद्धि गर्ने आवश्यकतालाई पूरा गर्नमा समेत यस संस्थानको महत्वपूर्ण भूमिका रहने नेपाली सेनाको केन्द्रिय अस्पतालको रुपमा रहेको छाउनी स्थित श्री वीरेन्द्र अस्पताल अव एउटा शिक्षण अस्पताल भई सकेको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तर्गत सवै Clinical अध्यापन श्री वीरेन्द्र अस्पतालमा नै संचालन भईरहेको

 नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई नेपालको एउटा उत्कृष्ट स्वास्थ्य संस्थानको रुपमा विकास गर्ने दृष्टी राखि देश भित्र स्तरीय स्वास्थ्य शिक्षा उचित लागतमा उपलव्ध गराईने

 यस संस्थान अन्तर्गत नर्सिङ्ग B.Sc. Nursing, BN PCL Nursing पहिलो वर्षको पढाई २०६९ मंसिरबाट चिकित्सा शास्त्र महाविद्यालयमा MBBS प्रथम वर्षको पढाई २०६९ पौष गतेबाट शुरु भएको हो  

Principal-CONMBBS तर्फ सवै २०० जना विद्यार्थीहरुलाई Hostel सुविधा प्रदान गरिएको , जसबाट विद्यार्थीहरुलाई समयमा नै Class मा उपस्थित हुन तथा व्यवस्थापनलाई अनुशासन कायम गर्नमा मद्दत पुगेको

हाल दोश्रो व्याच भर्ना लिईसकेको यस संस्थान अन्तरगतका College of Medicine College of Nursing, चिकित्सा विज्ञान अध्ययन गर्न ईच्छुक विद्यार्थीहरुको पहिलो रोजाईमा परेका छन् श्री त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान पछि, Merit List मा अगाडी रहेका विद्यार्थीहरु तथा शिक्षा मन्त्रालयको छात्रवृत्ति परीक्षामा उत्कृष्ट सवै विद्यार्थीहरुले यस संस्थानलाई रोजेका छन्  

Best StudentNAIHS ले विद्यार्थीहरुको अध्यापनको साथै सामाजिक, वौद्धिक, व्यक्तित्व विकास तथा अतिरिक्त क्रियाकलापमा समेत पूर्ण ध्यान केन्द्रित गर्दै आईरहेको यसै वर्षबाट विभिन्न अन्तर मेडिकल कलेज प्रतियोगिताहरुमा समेत आफ्नो संलग्नता जनाएको

 यस संस्थान अन्तर्गत MBBS, B.Sc. Nursing, BN PCL Nursing मा अध्ययनरत विद्यार्थीहरुको सम्वन्धित निकायहरुबाट भएको पहिलो वर्षका सवै परीक्षाहरुको नतिजा ज्यादै नै उत्साहजनक रहेको MBBS प्रथम वर्षमा IBMS तर्फ ७२ प्रतिशत, B.Sc. Nursing तर्फ ७६. प्रतिशत, BN तर्फ ८५ प्रतिशत PCL Nursing तर्फ सत प्रतिशत विद्यार्थीहरु उत्तिर्ण भएका छन्  

यस्तो उत्साहजनक परीक्षाफलको लागि सवै विद्यार्थीहरु, संकाय सदस्यहरु तथा व्यवस्थापकहरुलाई हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छु

अब छोटकरीमा यस संस्थानका भावी शैक्षिक योजनाका बारेमा जानकारी गराउंछु  

 Best Studentहालसम्म १०० विद्यार्थी भर्ना लिई MBBS कक्षाहरु संचालन भईरहेकोमा, श्री त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान तथा नेपाल मेडिकल काउन्सिलबाट निर्धारित आधारभुत सम्पूर्ण मापदण्डहरुलाई पूरा गरि आगामी शैक्षिक सत्र २०७०/७१ बाट १५० विद्यार्थीहरु भर्ना गर्न प्रयासरत छौं  

 मिति २०७१ साल आषाढबाट College of Medical Polytechnique शुरु गर्न जंगी अड्डाबाट प्राप्त निर्देशन अनुसार आवश्यक कार्य शुरु भईसकेको समेत जानकारी  गराउछु 

शैक्षिक सत्र २०७१/७२ बाट Basic Science तर्फ Post Graduate अध्यापन शुरु गर्ने तयारी गरिनेछ देशमा Basic Science संकाय सदस्यहरुको अति कमि रहेकोले यस विषयमा सम्वन्धित निकायका अधिकारीहरु गम्भिरतापूर्वक समस्याको समाधान तर्फ विचाराधिन रहनु भएको  

शैक्षिक सत्र २०७२/७३ बाट NAIHS-CODS शुरु हुने योजना रहेको यसको लागि आवश्यक कार्यहरुको थालनी चाडै नै गरिनेछ

 २०७३ सालमा NAIHS-COM का पहिलो ब्याचका विद्यार्थीहरु MBBS अन्तिम परीक्षा उत्तिर्ण भईसकेपछि Clinical विषयहरुमा Post Graduate Training शुरु गरिनेछ

Gameनेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको सवै भन्दा ठुलो पुंजी श्रीमान् प्रधान सेनापतिज्यूको सवल नेतृत्वमा Principal Staffs Officers बाट समय समयमा प्राप्त हुने निर्देशन यो संस्थानको विकास, व्यवस्थापन तथा संचालन प्रति रहने वहांहरुको निरन्तर अभिरुची हो  

 यस संस्थानलाई यहांसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण संस्थानहरु तथा महानुभावहरुबाट व्यक्त महत्वपुर्ण सुझावहरुलाई सकारात्मक रुपमा अङ्गिकार गरि श्री त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान तथा NMC द्वारा तय भएका मापदण्डहरुलाई अक्षरस पालना गर्दै एक नमूना लायक संस्थाको रुपमा विकास गर्ने लक्ष्य लिएका छौं श्री त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान NMC ले समेत गर्व गर्नसक्ने Affiliated Institution को रुपमा यस संस्थान अगाडी आउनेछ भन्ने विश्वास दिलाउन चाहन्छौं

massअन्त्यमा, यस समारोहका प्रमुख अतिथी प्रधान सेनापतिज्यू लगायत उपस्थित सम्पुर्ण महानुभावहरु यस संस्थानको प्रथम वार्षिक उत्सव कार्यक्रममा पाल्नु भई संस्थान परिवारको हौसला अभिवृद्धि गरिदिनु भएकोमा संस्थान परिवारको तर्फबाट मेरो व्यक्तिगत तर्फबाटसमेत हार्दिक कृतज्ञता जाहेर गर्दछु साथै प्रत्यक्ष परोक्षरुपमा यस समारोहलाई सुसम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्वन्धित सम्पूर्ण महानुभावहरुमा धन्यवाद व्यक्त गर्दछु

धन्यवाद

मिति २०७०/०२/१० गते